Thu. Nov 26th, 2020

udhyog banija sangh

(Founder Member: Federation Of Neplease Chamber Of Commerce & Industry)

slide 3
Main slide
Main slider

जनकपुर उद्योग वाणिज्य संघको ५२औ वार्षिक साधारण सभा महासचिव- जितेन्द्र कुमार महासेठद्वारा प्रस्तुत प्रतिवेदन आदरणीय यस सभाका सभापति महोदय, प्रमुख अतिथि ज्यू ।
प्र.जि.अ.ज्यू, दलका प्रतिनिधी ज्यूहरू, विभिन्न जिल्ला उद्योग वाणिज्य संघबाट पाल्नु भएका प्रतिनिधीज्यूहरू, यस कार्यसमितिका पदाधिकारी ज्यूहरू, सदस्य एवं सल्लाहकार ज्यूहरू, मानार्थ सदस्य ज्यूहरू तथा यस सभामा पाल्नु भएका सम्पूर्ण उद्योगी व्यवसायी,पत्रकार ज्यूहरू तथा उपस्थीत महिला एवं सज्जनवृन्द । ।
| सर्वप्रथम म महासचिव जितेन्द्र कुमार महासेठको तर्फबाट यहाँहरूलाई सादर नमस्कार । मलाई माया, स्नेह दिएर महासचिव जस्तो गरिमामय पदमा उत्तरदायित्व निर्वाह गर्ने अभिभारा दिनु भएकोमा सम्पूर्ण महानुभावहरूमा हृदय देखि अभार प्रकट गर्दछ साथै यस सम्मानित सभामा महासचिवको हैसियतले यो प्रतिवेदन पेश गर्न अनुमति चाहन्छु । उपस्थित सज्जनवृन्द,
| २००९ साल माघ श्रीपंचमीका दिनमा स्थापित यो संघ विभिन्न आरोह अवरोह उकालो,ओरालो विभिन्न खुडकिलाहरू पर गर्दै आफनो ६६ औ वसंत समेत पार गरि सकेको सुखद अनुभूति गर्दै म आफनो तर्फबाट हार्दिक अभार व्यक्त गर्न चाहन्छु । महोदय,
समयको प्रवाह निरन्तर प्रकृया हो । यो प्रकृयाले हामीलाई इच्छीत लक्ष्य समिप पुरयाउछ र विशेष कार्य गर्ने बेलाको बोध गराउछ । यो बोधले सक्रिय र सबल बनाउछ । मिथिलाको बौद्धिक कालको प्रसिद्ध विदेह राजर्षी जनकको राजधानी तथा जगत जननी माता जानकीको जन्मभूमि, ऋषिहरूको तपोभुमी तथा पवित्र पावन भूमी जनकपुरधामको हृदयमा अवस्थीत उद्योग वाणिज्य संघको गरिमामय सभाकक्षमा आयोजित यस ५२ औं वार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्न पाउँदा म हर्ष विभोर भएको छ । उपस्थित सम्मानित सभासद ज्यूहरू, [ सर्वप्रथम २००९ सालमा स्थापित यस जनकपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष स्व:रामवृक्ष चौधरी ज्यू, भु.पु.अध्यक्ष स्व:डिट्ठा गौरीनारायण गिरी ज्यू, भु.पु.अध्यक्ष स्व:जगतलाल गिरी ज्यू, भु.पु.अध्यक्ष स्वः रामरतन प्रसाद गुप्ता ज्यू,भू.पू.अध्यक्ष तथा मानार्थ सदस्य स्व:रामसुन्दर प्रसाद साह ज्यू जनकपुर उद्योग वाणिज्य संघको इतिहासमा सदैव चिर स्मरणिय रहनु हुनेछ, प्रात:स्मरणिय स्मृतीशेष हाम्रा अग्रजहरू प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछ ।

News